म्याग्दीमा बढ्दो डेंगु संक्रमण, कुल संख्या २५ पुग्यो

काठमाण्डौ । म्याग्दी जिल्लामा सोमबार थप ३ जनामा डेंगु संक्रमण देखिएको छ । मंगला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती तथा बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेंगु पुष्टि भएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ भने डेंगु लागेको अवस्थामा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने किसिमका लक्षणहरु देखिन्छन् । अस्पतालको रेकर्डमा उल्लेख गरी अनुसार हालसम्म म्याग्दीमा डेंगु संक्रमितको कुल सङ्ख्या २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *