काठमाण्डौ । भारतको राजस्थानबाट एउटा अकल्पनीय घटना बाहिरिएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानको घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ भनी बोकाबाट दुहेको दुधलाई उसका मालिकले पिउने गरेका छन् ।राजवीर नाम गरेका स्थानीय व्यक्तिले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा किनेको उक्त बोकाले दिनहुँ आधा लिटर दुध दिने गर्दछ ।
उनले बोका किनेर ल्याएको १० महिना पछि बोका परिवर्तन हुन थाल्यो । त्यसको जिउमा पोथी बाख्रामा हुने अंगहरु विकसित हुन थाले भने थुनहरु ठूला ठूला हुन थालेर थुनबाट दुध झर्न थाल्यो । त्यसपछि उनले हरेक दिन उक्त बोकाको थुन दुहेर दुध निकाल्न थालेका हुन् भने उनको परिवारका सबै जनाले बोकाको दुध पिउन थालेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
दुध दिने उक्त बोकाको बारेमा खबर चौतर्फी फैलिएसँगै अहिले उक्त बोकालाई हेर्न आउने मानिसको संख्या बढिरहेको छ । पशु चिकित्सकहरुका अनुसार उक्त बोकाको शरीरमा हर्मोनको गडबडी भएका कारण यस्तो अनौठो हो । बोकाले दिएको दुध पिउँदा कुनै असर नगर्ने भन्दै दुधलाई उमालेर मात्र पिउनका लागी पशु चिकित्सकले सुझाएका छन् ।