ब्राइटनमा लालानाको अनुबन्धन

काठमाडौं । इंग्लिस मिडफिल्डर एडम लालनालाई प्रिमियर लिग क्लब ब्राइटनले अनुबन्ध गरेको छ । सिजनको अन्त्यसँगै लिभरपुलसँग लालानाको सम्झौता सकिएपछि ब्राइटनले लिभरपुलका मिडफिल्डर लालानालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

३२ वर्षीय लालनाले अहिले ब्राइटनसँग ३ वर्षको सम्झौता गरेका छन् जस अनुसार लालना अब सन् २०२३ सम्म ब्राइटनमा रहने छन् । लालाना सन् २०१४ मा साउथह्याम्पटनबाट २५ मिलियन पाउण्डमा लिभरपुल पुगेका थिए भने लिभरपुलका लागि उनले १ सय ७८ खेल खेलेका थिए । त्यस अवधीमा उनले १८ गोल गरेका छन् भने उनले २०१९-२० को सिजन २२ खेल खेलेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लालानाले इंग्ल्यान्डको कुल ३४ खेल खेलेका छन् । उनले पछिल्लो पटक सन् २०१८ मा इटलीविरुद्ध अन्तिम पटक खेलेका थिए । त्यस्तै एनफिल्डमा बिताएको ६ वर्षको समयमा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप तथा युइएफए सुपर कपको उपाधि जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *