बागलुङमा पहिरोमा परी चार जनाको मृत्यु

काठमाण्डौ । लगातार भैरहेको वर्षाका कारण बागलुङको विभिन्न ठाउँमा आइरहेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ का पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । यसका साथै उनकी श्रीमती होमकुमारी विक भने गम्भीर घाइते भएकी छन् ।

घाइते विकलाई उपचरका लागी अस्पताल पठाउने तयारी भइरहेको छ । विकको घर पुरै क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि निसीखोला गाउँपालिका–१ मा पनि पहिरोमा परेर एक घर पुरिएको छ भने अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताएका छन् । साथै निसीखोला गाउँपालिकामै अन्दाजी ६० वर्षीया महिलाको शव खोलाको छेउमा फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *