त्रिविले परीक्षा तालिका सहित सार्वजनिक गर्यो यस्तो सुचना..

काठमाडौं । कोरोना महामारी फैलिएसँगै नेपाल चैत्र ११ गतेदेखी लकडाउनको अवस्थामा गएको थियो भने यससँगै विभिन्न तहका सबै परिक्षाहरु पनि स्थगित भएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै सरकारले सबै परिक्षा संचालन गर्न अनुमती पनि दिइसकेको छ । यस्तैमा त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्ता भित्रमा गरिसक्ने भएको छ ।

त्रिविको योको सेमेस्टर प्रणालीमा आधारित स्नातक तथा स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षा सञ्चालन गर्ने भएको हो ।उक्त संकायको डीन कार्यालयले हिजो एउटा सूचना सार्वजनिक गर्दै स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को परिक्षा पनि सोही हप्ता सञ्चालन गर्ने बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्तामा सञ्चालन गर्ने भएको छ भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *