हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौ । हेटौंडामा हिजो ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंडाको हटियामा भएको ट्रयाक्टर  दुर्घटनामा परि वाग्मती गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती–८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै गरि वाग्मती–६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् ।

ना ५ त ८०८८ नम्बरको उक्त ट्रयाक्टर हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ती दुई जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरी नायब उपरीक्षक रानाका अनुसार ट्रयाक्टर चालक अहिले फरार रहेका छन् भने घाइते एक जनाको भने अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *