भदौ पहिलो साताबाट हुने भनिएको परीक्षा बारे विश्वविद्यालयको अन्तिम निर्णय यस्तो…

काठमाडौं । लकडाउन खुलेसँगै पूर्वाञ्चल विश्वविद्यालयले भदौको पहिलो साताबाट परीक्षा गराउने निर्णय लिएको थियो भने अहिले विश्वविधालय यसबाट पछि हटेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले यहि साउन ७ गते कोरोना संक्रमण तथा लकडाउनका कारण रोकिएका परीक्षाहरु स्वास्थ्य निर्देशिका पालना गर्दै सञ्चालन गर्ने निर्णय गरेको थियो।
भदौको पहिलो साताबाट समाजिक दुरी कायम राख्दै परीक्षा अघि बढाउने तयारी रहेको भएपनि कोरोनाको महामारी अझैसम्म नरोकिँएको हुँदा परीक्षालाई फेरि स्थगित गर्ने निर्णय भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
’पछिल्ला केही दिनमा कोरोना सङ्क्रमणको कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।