एसईईको नतिजा सम्बन्धि यस्तो जानकारी…

काठमाडौ राष्ट्रिय परीक्षा बोर्ड अहिले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ । बोर्डमा आज बिहान ७७ वटा जिल्लाकै विद्यार्थीका प्राप्ताङ्क तालिका आइपुगिसकेको छ भने अब बोर्ड नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको छ । प्राप्ताङ्क तालिकाको सफ्ट कपी तथा हार्ड कपीको पुनःपरीक्षण गरेर अबको एक हप्ता भित्रमा नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक राजाराम खकुरेलले जानकारी दिएका छन् ।

‘अहिले बिहान बाँकी रहेका ४ जिल्लाको प्राप्ताङ्क तालिका बोर्डमा आइपुग्यो ।’ नियन्त्रक खकुुरेलले भने, ‘ आवश्यक प्रक्रिया सकी चाँडोभन्दा चाँडो नतिजा प्रकाशनको तयारीमा हामी जुटेका छौं ।’  यस वर्ष ४ लाख ८२ हजार विद्यार्थीले एसईईको फर्म भरेका थिए भने ती मध्ये ४ लाख ५६ हजार ३ सय २९ नियमित  तर्फ र ९ हजार ५ सय ९ प्राविधिकतर्फ रहेको परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

एसईईको नतिजा विद्यार्थीले एसएमएस, आइभीआर र बोर्डका वेबसाइट, शिक्षा मन्त्रालयको वेब साइट, नेपाल टेलीकमको वेब साइट, तथा इडीयु सञ्जालको वेब साइटबाट हेर्न सकिने बोडले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *