साउनमा यी सामान घर ल्याउनुहोस्, तपाइको भाग्य चम्किन्छ !

काठमाण्डौ । अहिले साउन महिना चलिरहेको छ । साउन महिनालाई शिव भगवानको महिना भनेर पनि चिनिन्छ । साउन महिनामा हिन्दू नारीहरुले हरियो चुरा, हरियो कपडा लगाएर साउनको हरेक सोमबार शिवजीको व्रत पनि बस्ने गर्दछन् । साउनको सोमबारलाई बिशेष बारको रुपमा पनि लिइन्छ भने साउनको व्रतले शिवजी छिटै प्रसंन्न हुने भनेर पनि भन्ने गरिन्छ ।

त्यस्तै ज्योतिषशास्त्रका अनुसार यस्ता केहि बस्तुहरु छन् जुन बस्तु यस महिनामा किनेर घर ल्याउदा भाग्य नै फेरीने विश्वास गरिन्छ । साउन महिनामा डमरु वा त्रिशुल घरमा ल्याएमा घरमा निकै राम्रो हुने बिश्वास गरिन्छ । साउनमा त्रीशुल घरमा ल्याउदा वर्ष भरी घर तथा परिवारको रक्षा हुने र डमरु ल्याएमा आसपासका नकरात्मक शक्ति सबै हट्ने बिश्वास गरिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि साउनमा शिवको मन्दिरमा चाँदीको डब्बा राखेर उक्त डब्बा भित्र मह राखेमा निकै राम्रो हुन्छ । त्यस्तै चाँदीको वाला, चाँदीको चन्द्रमा ल्याएर पुजा गर्दा पनि राम्रो हुने बिश्वास रहेको छ । चाँदीको चन्द्देव ल्याएर पुजा गर्दा चन्द्र ग्रह शान्ती हुन्छ र मन बलियो हुने मान्यता रहेको छ भने नाग–नागिन जोडीएको चाँदीको पत्ता घरमा राखेमा पितृ दोषबाट राहत मिल्ने विश्वास रहेको छ । त्यस्तै गरि यस महिनामा घरमा गंगा जल ल्याएर पुजा गर्दा निकै राम्रो हुने बिश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *