स्थगित परीक्षा सञ्चालन गर्नेबारे विश्वविद्यालयको अत्यन्तै जरुरी सुचना

काठमाडौं । कोरोना महामारी फैलिएसँगै नेपाल चैत्र ११ गतीखी लकडाउनको अवस्थामा गएको थियो भने यससँगै विभिन्न तहका सबै परिक्षाहरु पनि स्थगित भएको थियो । अहिले लकडाउन खुकुलो भएसँगै सरकारले सबै परिक्षा संचालन गर्न अनुमती पनि दिइसकेको छ । यसैबीच स्थगित परीक्षालाई लिएर पोखरा विश्वविद्यालयले एक अत्यन्तै जरुरी जानकारी साझा गरेको छ ।

लकडाउनका कारण स्थगित भएका सबै परीक्षा विश्वविधालयले आउने भदौ महिनाको अन्तिममा सुरु गर्ने बताएको छ । त्रिभुवन विश्वविधालयले भदौको सुरुवातमा परिक्षा सुरु गर्ने जनाइरहदा पोखरा विश्वविद्यालयले भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि परीक्षा सम्पन्न गरिसक्ने बताएको हो ।

लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने हुँदा देशका विभिन्न भागमा छरिएर रहेका विधार्थी फर्किएपछी मात्र परीक्षा सञ्चालन गर्न सकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ। साथै उक्त सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी हरेक सुरक्षा मापदण्ड अपनाईने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *