फेरि बाढीपहिरोको खतरा रहेको भन्दै महाशाखाले जारी गर्यो यस्तो चेतावनी

काठमाण्डौ । नेपालमा केहि दिन यता भैरहेको लगातार वर्षाका कारण जनधनको निकै ठुलो भैरहेको छ ।  बाढी तथा पहिरोका कारण धेरैको ज्यान गइसकेको छ भने धेरै मानिस अझै जोखिममा रहेका छन् ।त्यस्तै गरि विभिन्न स्थानमा सडकहरु समेत अवरुद्ध भइरहेका छन् । आजदेखि आउँदो शुक्रबार अर्थात साउन १६ गतेसम्म फेरि ठूलो पानी पर्नसक्ने सम्भावना रहेकाले गर्दा अझै पनि कतिपय स्थानहरुमा बाढी, पहिरो जानसक्ने तथा डुबान हुनसक्ने भन्दै सबैजनालाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

आगामी पाँच दिनसम्म पनि भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने चेतावनी विभागले दिएको हो । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ भने आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने बताइएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अब मनसुन सक्रिय भई देशको प्राय स्थानमा हल्कादेखि लिएर मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *