नेपाली भुमिलाई आफ्नो भन्दै भारतीय सीडीओले पठाए यस्तो सूचना

काठमाडौं । भारत र नेपाल बिच निकै लामो समयदेखि सीमा विवाद चलिरहेको छ ।  भारतले नेपालको भूमिमा सडक बनाएपछि नेपालले ती सबै क्षत्र समेटेर नयाँ नक्सा पनि जारी गरिसकेको छ । यस विषयलाई लिएर भारतले एक पत्र जारी गरेको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको भारतीय जिल्लाका अधिकारीले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतक क्षेत्र रहेको भन्दै यस क्षेत्रमा नेपाली गुट तथा समूहले घुसपैठ गर्न लागेको पाइएको भए यसबारे सूचना दिनका लागी नेपाली पक्षलाई अनुरोध गरेको छ ।

जुलाई १४ तारिखमा उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधीकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई एउटा औपचारिक पत्र पठाउँदै ‘नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यी समूहले मिडियाको ध्यान आकृष्ट गरी नेपाल तथा भारत दुवै पक्षका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको भनेर उक्त पत्रमा उल्लेख गरिएको छ ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले आफूलाई यस्तो पत्र आएको भएपनि यसको जवाफ दिनु आवश्यक नठानेको बताउनुभएको छ । पोखरेलका अनुसार दार्चुलाको माथिल्लो भागतिर कुनै पनि समूहले अनुमति लिएर नगएको तर स्थानीयले आफ्नो क्षेत्रमा गर्ने हिँडडुलको अभिलेख नराखिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *