पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

काठमाण्डौ । केहि दिन यता लगातार भैरहेको अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ । शनिबार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर अन्तर्गत खोपा भन्ने स्थानमा ठूला चट्टानसहितको पहिरो खसेको थियो भने उक्त पहिरोले गर्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ ।
स्काभेटरहरुको प्रयोगले पहिरो हटाउने प्रयास गरिएको भए पनि लगातार पानी परिरहेको कारण सडक खोल्न समस्या परेको छ । सडक अवरुद्ध भएपछि अहिले उक्त स्थानमा सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त तथा अवरुद्ध भएका छन् । ठूला ढुंगासहित पहिरो खसेकाले गर्दा तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ भने यदि पानी पर्ने क्रम रोकिएमा सोमबार साँझसम्ममा सडक खुल्न सक्ने पनि बताइएको छ ।