ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु

काठमाण्डौ । कैलालीमा ट्रकको ठक्करबाट एकजना युवतीको मृत्यु भएको छ । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकको ठक्करबाट स्कुटरमा सवार  रहेकी युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको रहेकी छिन् ।

बोहोरा सवार से ६ प ७१८१ नम्बरको स्कुटरलाई सोमबार बिहानै उक्त ट्रकले ठक्कर दिएको थियो भने ट्रकको ठक्करबाट बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृतकका आफन्तले यस घटनाको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बौनियामा सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएका छन् भने अहिले ठक्कर दिने ट्रक र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *