आउँदो भदौ १५ गतेदेखि विद्यालय तहको पठनपाठन नियमित

काठमाडौँ । चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन भएसँगै हरेक तहको पठन पाठन ठप्प भएको थियो । अहिले लकडाउन खुलेको भएपनि विधालय भने बन्द नै रहेको छ । भदौ १ गतेदेखि भने विधालयमा भर्ना सुरु गर्नाक निर्देशन दिइएको छ । अब भने यहि आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुन सक्ने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय सुनाइसकेको कारण अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुन सक्ने सम्भावना बढेको बताइएको हो ।

सामान्यतया सरकारले विद्यार्थी भर्ना गर्नका लागी १५ दिनको समय दिने र त्यसपछि नियमित पठनपाठन सुचारु गर्ने विगतको अभ्यास भएकाले गर्दा यसपटक पनि सोही प्रक्रिया अवलम्बन गर्ने आन्तरिक तयारी गरिएको छ भने साउनसम्मको हरेक अवस्थालाई विश्लेषण गरेर यस विषयमा अन्तिम निर्णय गर्ने योजना पनि बनाइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय पनि गरिसकेको छ । विगतमा पनि सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि सोहि सम्भावना रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *