खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाण्डौ । लगातार भैरहेको वर्षाका कारण अहिले विभिन्न ठाउँमा निकै क्षती भैरहेको छ । बाढी तथा पहिरोले गर्दा निकै ठुलो जनधनको क्षती भइरहेको छ । यस्तैमा माथागढी गाउँपालिका स्थित तिनाउ खोलाले बगाउँदा एक जना मानिसको ज्यान गएको छ । माथागढी–१, चिदीपानी स्थित बदबारीमा तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको ज्यान गएको प्रहरीले बताएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

खोला पार गर्ने क्रममा आइतबार पौने चार बजेतिर खोलाले बगाउँदा माथागढी १ चिदीपानीका अन्दाजी ५२ बर्षिय हर्कबहादुर सारूको ज्यान गएको माथागढी गाउँपालीका वडा नं. १ का वडाध्यक्ष शिब प्रसाद शर्मा घिमिरले जानकारी दिनुभएको छ । सारुलाई खोलाले करिब २ सय५० मिटर पर बगाएको थियो । यस घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *