यसकारण बस्नुपर्छ सोमबारको व्रत, पुरा पढ्नुहोस

काठमाडौं। भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये सबै सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् । हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। विशेषगरी सोमबारको दिनलाई शिवको दिन भनेर जानिन्छ, यस दिन भगवान शिवको आराधना गरिन्छ।ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ।
भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने मानिन्छ । भगवान शिवलाई प्रशन्न गर्न सके त्यसको फलस्वरूप शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
किन बसिन्छ सोमबारको व्रत ?
सोमबार शिवको व्रत बस्ने चलन निकै आगाडीदेखि चलिआएको हो । यस चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु पाउन सकिन्छ । यी कथाहरुमध्ये यी तीन कथाहरु बढी चर्चित छन् ।
पहिलो कथा
यो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको भनिएको छ ।
दोस्रो कथा
यो कथा एक धनी व्यापारीको बारेमा छ । ती व्यापारीको छोरा थिएनन् , लामो प्रतिक्षा पछि उनको छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । यस कथामा शिव र पार्वतीको कृपाले ती व्यापारीको छोराको पुर्नजन्म भएको उल्लेख गरिएको छ ।
तेस्रो कथा
यस कथामा शिव र पार्वतीले खेलेको कौडा खेलको कथा समावेश गरिको छ ।