न्यायालय बिक्रि भयो भन्दै नेता भट्टराई आक्रोशित , यसो भने :

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराई यतिखेर न्यायालयमा भइरहेका पछिल्लो गलत प्रकरणबिरुद्ध  खरो रुपमा उत्रिनुभएको छ । अदालतको मानहानी गरेको मुद्धा लगाएर सांसद पद खोसिएपनि आफ्नो पद नै दाउमा राखेर यो गलत प्रवृती नसुध्रिएसम्म आफु अन्तिमसम्म लड्ने उहाँले बताउनुभएको छ । साथै उहाँले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला मुद्धा प्रकरणमा समेत न्यायमूर्ती नै बिक्रि भएको आरोप समेत लगाउनुभएको छ ।

अदालतले यति ठूलो त्रुटीपूर्ण फैसला कुनै आर्थिक चलखेल बिना कसरी भयो भन्ने कुरामा कुनैपनि नेपाली जनताले विश्वास गरिरहेका छैनन् भने मेरो स्रोतले त यस कुराको प्रमाणसहित भेटेको छ भन्दै भन्नुभएको छ । न्यायालयले गरेको यो अहिलेसम्मकै ठूलो त्रुटी रहेको भन्दै आफ्नो पद जोगाउँनका लागी उनका बिरुद्ध बोल्ने हरेकलाई अदालतको मानहानी मुद्धा लगाउँन सक्छन् भन्दै उहाँले आफुलाई त्यो मुद्धा लगाउँन सर्वोच्च अदालतका न्यायाधीशहरुलाई चुनौती समेत दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै उहाँले आफुलाई सांसद पदको कुनै पनि मोह नभएको तर यो देश बिग्रिएको, भत्किएको भ्रष्ट्राचारले नै हो भनेर समेत भन्नुभयो ।उहाले न्यायालयमा भ्रष्टाचारको रोग झनै बिकराल रुपमा रहेको र अब अन्तिम लडाई जित्ने बेला आएकाले आफु त्यो बिद्रोहमा लागेको स्पष्ट पार्नुभयो । साथै हरेक नागरिकलाई अब देशमा भइरहेका भ्रष्ट्राचारबिरुद्ध उत्रिन समेत अपिल गर्दै उहाँले भन्नुभयो, “अब सबै जाग्ने बेला भएको छ । देशको मुहार फेर्न भ्रष्ट नेतादेखि माथिल्लो पदमा बसेर गलत कार्य गर्ने बिरुद्ध जुरुक्कै उठ्नुपर्छ । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *