ग्यास्ट्रिकको समस्याले सताएको छ ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा

काठमाण्डौ  –

ग्यास्ट्रिकलाई नेपालमा ‘राष्ट्रिय रोग’ संज्ञा दिइएको छ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।”  विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो तर, अहिले सबै उमेरका मानिसमा यसको समस्या देखिने गरेको छ । खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु र ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने तथा ढ्याउ आइरहने लगायत समस्या हुन्छन् । यसका साथै यसले यति मात्र नभई पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ जसले गर्दा शरीरमा रगत र क्याल्सियमको कमी हुन जान्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ । तर, सबै पेट दुखाइको कारण ग्यास्ट्रिक हुँदैन । खानाको सन्तुलन नमिल्दा पनि पेट दुख्छ र पेटमा एसिड हुन्छ, जसले गर्दा पाचन प्रणालिमा सहयोग पुर्‍याउँछ । पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउछ ।  बजारमा पाइने चक्की या तरल औषधिले एसिड नियन्त्रण गर्छन् र केही समय आराम पनि महशुस हुन्छ तर पनि हामीले आफै पनि यस विषयमा ख्या* ल राख्नुपर्ने हुन्छ। चिकित्सकीय भाषामा ग्यास्ट्रिकलाई ‘एसिड पेप्टिक डिसअर्डर’ भनिन्छ । पेट दुख्ने वा हल्का असहज महशुस भएलगत्तै ग्यास्ट्रिक भयो भन्दै अस्पतालतिर दौडिन आवश्यक छैन ।

 

ग्यास्ट्रिक र अल्सरका कारणहरू : धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु – पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु – चटपटे, पानीपुरी, पिरो चाउचाउ तथा अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग गर्नु

यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोला:- ग्यास्ट्राइटिस भएका व्यक्तिले कागती, सुन्तला, निबुवा, भोगटे आदि एसिडिक खाने कुराको प्रयोग गर्नुहुँदैन । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले गर्दा ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदै नखानु उत्तम मानिन्छ।

 

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ । ग्यास्ट्रिकको समस्या भएकाले दूध र दूधजन्य पदार्थ पनि प्रयोग नगर्दा नै राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निन्छ भने यसका साथै यसले पेटमा एसिडको मात्रा पनि बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई रा* हत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित से* वन गर्नुपर्छ । ग्यास्ट्राइटिसबाट पी* डित मानिस चिया र कफीबाट पनि ब*च्नुपर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । ग्यास्ट्राइटिसको समस्या हुने मानिसले मसलेदार खानेकुरा नखानु नै राम्रो हुन्छ किनभने यस्ता खाने कुराले ग्यास्ट्रिकको समस्यालाई झन् बल्झाउने काम गर्छ । नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या झन् बढाउने गर्छ । त्यसैले गर्दा सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायतका खानेकुराको प्रयोग गर्नुहुँदैन ।

 

ग्यास्ट्रिक हुँदा के खाने ? गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने ।
ग्यास्ट्रिक हुँदा के नखाने ? रातो मासु, सु* ख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही, प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, अमिलो कागती, फलफूल, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने । ग्यास्ट्रिक र आईबीएस अलग-अलग रोग हुन् । दुवैको लक्षण उस्तै हुने कारणले भिन्नता छुट्याउन सकिँदैन । कहिलेकाहीं आईबीएस हुँदा पनि ग्यास्ट्रिक भएको अनुमान गरिन्छ र जाँचबुझ नै नगरी आईबीएस भएमा पनि ग्यास्ट्रिककै औषधि खाने चलन पनि छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *