आइएमई जनरललाई बीमा समितिले दियो हकप्रद निष्काशन गर्ने अनुमति

काठमाडौं –

बीमा समितिले आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । कम्पनीले यहि गत बैशाख १२ गते सम्पन्न गरेको २३ औ वार्षिक साधारणसभाबाट ४० % (प्रतिशत) हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

साधारणसभाबाटनै पारित भएको हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव स्वीकृतिका लागि नै कम्पनी बीमा समिति पुगेको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएकारी गराएको छ ।

 

कम्पनीले २३ औ वार्षिक साधारणसभा प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको र बीमा समितिबाट पनि अनुमति पाए सँगै कम्पनीले अव नेपाल धितोपत्र बोर्डमा निवेदन दिने जानकारी पाएका छौ ।

प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४१६ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन गर्ने सूचनाले कम्पनीको शेयर मूल्य दोस्रो बजारमा लगातार बढिरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *