HIDCL का लगानीकर्ताको लागि आयो यस्तो खुशीको खबर

आज नेप्से ले फेरी पनि अर्को रेकर्ड ब्रेक गर्ने क्रम मा राजनीतिक अस्थिरतालाइ मात खुवाइदिएको छ।आज ११ आर्ब माथि को कारोबार भएको छ भने नेप्से २८२० अंक पुगेको छ।

यो संग संगै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) (HIDCL) लाई हकप्रद शेयर निष्काशन अनुमति दिएकाे छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) (HIDCL) लाई हकप्रद
शेयर निष्काशन अनुमति दिएकाे छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएकाे हो। कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *