आज आइतबार : के गर्ने, के नगर्ने ?

काठमाण्डौ । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । त्यसैले हप्ताका हर एक दिन कुनै एक विशेष भगवानको पूजा आराधना गर्ने गरिन्छ । हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतबार हो ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक छ । यी कामबाट यश प्राप्त हुनका साथै सबै समस्या समाधान हुन्छन् । आइतबारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष भएको हुनाले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन एकदम राम्रो मानिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि आइतबार तुलसीको पात चुड्ने वा तुलसीमा पानी हाल्ने काम गर्न उपयुक्त हुँदैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्न हुँदैन । धर्मशास्त्र अनुसार यस्तो काम गर्नाले व्यक्तिमा दरिद्रताको वास हुने मान्यता रहेको छ । यस दिन तामाका सामानहरु पनि किन्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *