एक रुपैयाँ घुस लिनेलाई नछाड्ने प्रमुख आयुक्त घिमिरेको दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सबै भ्रष्टाचारीलाई कारवाही गर्ने भएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले अबदेखि आयोगले सानादेखि लिएर ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागि परेको बताएका हुन् ।
अख्तियारलाई ठूला भ्रष्टाचारी प्रति नरम भएको र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध मात्र कडा कारवाही गरेको आरोप लाग्दै आएको छ भने यसै सन्दर्भमा घिमिरेले यस्तो धारणा राखेका हुन् । आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’ यसका साथै सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा समेत घिमिरेले स्टिङ अपरेसनको पनि खुलेरै बचाउ गरेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उनका अनुसार सेवाग्राही तथा सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको बताइएको छ भने यस किसिमको स्टिंग अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको पनि घिमिरेले दाबी गरेका छन् । यसका साथै सार्वजनिक खरिदको निर्णय पनि नीतिगत हुनै नसक्ने घिमिरे बताएका छन् ।