चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदै, यस्तो छ समय तालिका

काठमाडौं –
चन्द्रागिरी हिल्सको आइपीओ आज पुस १५ गते (बुधबार) बाँडफाँट हुँदैछ । ग्लोबल आइएमई क्यापिटल, बिक्री प्रबन्धकको आफ्नै कार्यालय काठमाडौं नक्सालमा दिउसो ३ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।
चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि पुस १ गतेसम्ममा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको छ जसमा १६ करोड ८५ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ग्लोेबल आइएमई क्यापिटल बिक्री प्रबन्धकका अनुसार ४ हजार ८१४ जनाले १६ लाख ८५ हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् सो आवेदन मागभन्दा ५.४९ गुणा बढी भएको पनि जानकारी दिएका छन् ।
यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ जहाँ स्थानीयलाई बिक्री गरिसकेपछि सो कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।