१२ घण्टाको पैदल हिँडेर ३ जना साथीले बचाए बाबु-छोराको ज्यान

हिलोबाट उनीहरुको कार बाहिर निकाल्न नसकेपछि सो समूहले त्यो रात कारमानै बितायो, भोलिपल्ट बिहानै तीनजना साथीहरु सहयोगको खोजीमा त्यहाँबाट सबैभन्दा नजिक पर्ने सहर माउन्ट एसातर्फ उनीहरु फसेको स्थानबाट ५० किलोमिटर टाढा पुगे ।

उनीहरु १२ घण्टा हिँडेर उक्त सहरको प्रहरी चौकीमा पुगेर सहयोगका लागि आग्रह गरि साथी रहेको स्थानको लोकेसन पनि प्रहरीलाई दिए। त्यहाँबाट परिचालन भएको प्रहरीले साँझ हुनुभन्दा केही समय अगाडीनै उनीहरुलाई हेलिकप्टर मार्फत उद्धार गर्‍यो । उनीहरु आफ्नो कारको छानामा सहयोगको लागि कुरिरहेका थिए ।

“उद्धार गरिएका बाबु-छोराको अवस्था सामान्य छ र १२ घण्टाको पैदल हिँड्ने तीन साथीहरुमा पनि कुनै समस्या देखिएको छैन”-प्रहरी। अष्ट्रेलियाको उत्तरपूर्वी क्विन्सल्याण्डमा वषर्ायाममा बाढीको प्रकोप धेरै देखिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *