आफ्नो कारणले शेयर बजार घटेको आरोप लागेपछि यसो भन्छ राष्ट्र बैंक

काठमाडौँ ।

आइतबारको दिन शेयर बजारमा -१२३.३१४ अंकको गिरावट आउनुको आरोप नेपाल राष्ट्र बैंक माथि लागेको छ । लगानीकर्ताको बुझाई अनुसार, “नेपाल राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जा पुनरावलोकन हुने, विषय समेटेको र सार्वजनिक गरेको कारण बजार घटेको”

नेपाल राष्ट्र बैंकले बजार घट्नुको आक्षेप राष्ट्र बैंकलाई आउनु पर्ने कारण नरहेको जनाएको छ । “लगानीकर्ताको सेन्टिमेन्ट एउटा ठाउँमा भए तापनि राष्ट्र बैंकले अहिले सम्म कुनै पनि सर्कुलर ननिकालेकोले बजार घट्नुको आक्षेप राष्ट्र बैंकलाई आउनु पर्ने कारण नरहेको”, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताएका छन् ।

मौद्रिक नीतिको समीक्षाले पुनरावलोकन गर्न सक्छ भन्ने कुरा गरेपनि त्यस विषयको कुनै पनि सर्कुलर नआएको र कसरि पुनरावलोकन हुन्छ भन्ने अहिलेसम्म टुंगो नलागिसकेकोले बजार घट्नुको कारण राष्ट्र बैंक नरहेको पोख्रेलको भनाई छ।

उनले थप भने ‘ बजार धेरै बढि सकेकोले नै बिक्रिकर्ता नाफा बुक गर्न आफुले चाहेको मूल्य नपाएपछि केहि घटेर बिक्रि गर्न तयार देखिए, खरिदकर्ता सोहि मूल्यमा खरिद गर्न तयार देखिए, यसकै कारणले बजार घटेको हुनुपर्छ, राष्ट्र बैंकले अहिलेसम्म केहि गरिसकेको अवस्था छैन, आक्षेप लगाउनुको कारण छैन’ ।

धितोपत्र बोर्डलेसमेत लगानीकर्ता हरुलाई सचेत गराएकोले लगानीकर्ताले त्यसलाई नियामकले बजार अश्वभाविक छ, भन्ने संकेत गरेको अर्थमा समेत बुझेर सोहि अनुसारको निर्णय गर्दा बजार घटेको पनि हुन सक्ने नारायण प्रसाद पोख्रेलको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *