मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौँ –
मोटरसाइकलको ठक्करबाटनै वीरेन्द्रनगरमा एक बालक-तीन वर्षीय समीर नेपालीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार उनको घटना स्थलमैनै मृत्यु भएको छ ।
बालकलाई ठक्कर दिए लगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान भने खुल्न सकेको छैन ।
पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।