अमेरिका लाने प्रलोभन देखाउँदै युवा ठग्ने यी युवती प्रहरीको फन्दामा

काठमाण्डौ । अमेरिकाको डीभी परेको भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेका छन् । आफुलाई डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरिएको हो ।

ती युवतीहरुले फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट युवा हरुलाई फलो गर्दै अमेरिका लैजाने प्रलोभन देखाइ ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको महाशाखाका एसपी ईश्वर कार्कीले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरुलाई बुटवलबाट त्यसरी ठगी गरेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले बताए अनुसार उनीहरुले डीभी परेको  भएपनि लकडाउनका कारणले गर्दा नेपाल बस्दै आएको बताउने गरेका थिए । त्यस्तै  नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र त्यसका लागि पैसा आवश्यक परेको भन्दै उनीहरुले पैसा लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । शर्माले बुबाको नाममा समेत फेक आईडी बनाउँदै ढुकुटीको पैसा तिर्ने बहानामा पैसा लिएको पाइएको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *