भाइटिकाकै दिन आगलागीः दाईको मृत्यु, बहिनी घाइते

नमुना तस्बिर

काठमाडौँ

भाइटिकाको दिन अर्थात् हिजो सोमबार कपनस्थित बालुवाखानी चोक, नारायण बहादुर बस्नेतको घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार, “साढे १२ बजे भएको घटनामा नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भएका कृष्ण बहादुर तामाङको आगलागी हुँदा उनको जलेर मृत्यु भएको” जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार, “तामाङकी ३५ वर्षीया बहिनी बिपना तामाङ र उनको छोरा ११ महिनाको दावा तामाङ जलेर आगलागीबाट जलेर घाइते भएको” बताए । घाइते हुनेहरुको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

विपना भाइटिकाको दिन दाजुसँग भाइटिका लगाउन आएकी थिइन् ।

उनीहरुले दिउँसो भाइटिका समेत लगाएका थिए तर भाइटिका लगाएको १२ घण्टा नहुदै दाजुबहिनीको बिछोड भएको छ । आगलागी दमकल, प्रहरी र स्थानीय बासीको सहयोगमा २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सक्दो सयेर गरिदिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *