यो बादँर भेट्नेलाई ८० हजारको पुरस्कार

जनावर प्रतिको मानब प्रेम कहिले काही अतुलनिय हुन्छ। कति मानिस आफ्नो घरमा पालेका जन्तुको आफ्नो भन्दा पनि धेरै माया गर्छन। यस्तै एउटा उदाहरण भारतमा पनि देखिएको छ। कतिपय अवस्थामा नेपालमा हराएको मानिसबारे सरकारी निकाय वा सरोकारवाला निकायले ध्यान दिदैनन् । तर भारतमा भएको एउटा कुराले भने यसका प्रकारको कार्यलाई निरुत्साहित गरेको छ । भारतमा हराएको एक बादँरको खोजीका लागी पुरस्कार रकमको घोषणा गरिएको छ । रकम पनि चानचुन हैन पुरै नेपाली रुपैया ८० हजार।

भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारु अर्थात ८० हजार नेपाली रुपैयाँको उपहार राखिएको छ । यस बादँरलाई एक ब्यक्तिले आफ्नो कब्जामा राखेका थिए । जसको बिषयमा उजुरी परेसंगै वन विभागले ती व्यक्तिका विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।

वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो । चण्डीगढ वन विभागका अनुसार बादँरको खोजीका लागी रकम पुरस्कार राखिएको पहिलो घटना हो । यसरी रकम पुरस्कार राख्नुका पछाडी उक्त बादँर उपर अत्यन्त अत्याचार भएको थियो ।

वन विभागका अनुसार चण्डीगढका ति ब्यक्तिले बाँदरलाई कब्जामा राखि यसको फोटो र भिडियो मार्फत सामाजिक सञ्जालमा फ्यान फलोइङ बढाएका थिए । यतिमात्र होइन उनले बादँरलाई अखाद्य वस्तु समेत खान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *