भाइटिकाकै साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत

नमुना तस्बिर

काठमाडौँ –

चन्द्रागिरी नगरपालिका स्थित बसुण्डोल- भाइटिकाको दिन अर्थात् हिजो सोमबार साँझमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्तीकरणी गरेकै आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार, “हुम्ला ताजाकोट गाँउपालिका–२ घर भएका, हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ मा बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको ” ।

लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोल स्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् – प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका ।

घटनालगत्तै फरार रहेका सोर्नविद लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *