मेलम्चीको पानी काठमाडौ कहिले आउने ?

उहिले कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदाको समय बाट चर्चामा रहको मेलम्ची खानेपानी आयोजना आहिले सम्म कहिले आउने अन्योलमा रहेको छ। खाने पनि मन्त्रि बिना मगर यो आयोजना सफलताको लागि डटेर लागे पनि आहिले सम्म पानि काठमान्डौ भने भित्रिन सकेको छैन।
आयोजनाले रेक्टिफिकेसनको काम सकेर पुनस् पुसबाट परीक्षण थाल्ने तयारी गरेको हो। पाँच महिना पहिले परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएर भएको थियो। त्यसयता परीक्षण रोकिएको छ। टनेलको गेट फुस्किएर दु* र्घट* ना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले डिजाइन अनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिर पट्टिबाट राखिएकाले पानीको प्रेसर थाम्न नसकेर घ* ट* ना भएको निष्कर्ष निकालेको छ।
उनका अनुसार बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्नेगरि गेट राख्न लागिएको छ। एउटा मात्रै गेट फुस्किएको भए पनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धुलगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरेर चारवटा गेट करेक्सन गर्नुपर्ने भएको छ। भारतीय कम्पनीले डिजाइन एण्ड बिल्डबाट गेट जडान गरेको थियो। अहिले ग्याल्थुम र अम्बाथान अडिटमा ग्राउटिङ गरेर कंक्रिट प्लग राख्ने काम भइसकेको छ।
मंसिर मसान्तसम्म पानी हाल्नका लागि सुरुङमार्ग तयार हुने भए पनि तत्कालै पानी नहालिने आयोजना प्रमुख तिरेश खत्रीले बताए। उनका अनुसार विज्ञहरुलाई सुरुङमार्गका सबै संरचना देखाएर मात्रै पानी हाल्ने तयारी छ। हामीले पहिले पनि सुरुङमार्गमा पानी हाल्नुभन्दा अघि नर्वेका एक कम्पनीको विज्ञहरुलाई देखाएका हौं। उनीहरुले ठीक छ भनेपछि परीक्षण थाल्यौं तर दुर्घटना भयो, उनले भने, कागजात देखाएर मात्रै नहुने रहेछ। यहीँ ल्याएर सुरुङका सबै संरचना देखाएर भर्ने योजना छ। पहिले भएका गल्ति नदोहोर्याउने सब कोसिस भैरहेको जानकारी दिए।
खत्रीका अनुसार जर्मनीको फिसनर कम्पनीलाई ल्याएर देखाउन लागिएको हो। यो त्यही कम्पनी हो, जसले मध्यमर्स्याङदी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको थियो। आयोजनाको दातृ निकाय एसियाली विकास बैक (एडीबी) ले कम्पनीसँग समन्वय गरिरहेको छ।
सुरुङमार्गको गेटहरु जडानको काम पूरा भएपछि कम्पनीका प्रतिनिधि ल्याएर देखाउन लागिएको हो। आयोजनाको परामर्शदाता युरोपियन कम्पनी भए पनि भारतीय विज्ञ मात्रै छन्। त्यही भएर पहिले पनि समस्या आयो अब भने विज्ञलाई देखाएर मात्रै परीक्षण गर्छौं, उनले भने। स्पेनको इप्टिसाले आयोजनामा परामर्शदाता कम्पनीका रूपमा काम गरिरहेको छ।
पुसको पहिलो साता करेक्सनको काम सकिएपछि विज्ञहरुले करिब एक साता संरचना हेर्नेछन्। उनीहरुले कहीँ करेक्सन गर्नुपर्ने औंल्याए करेक्सन हुनेछ, संरचना ठीक देखाए परीक्षण सुरु हुनेछ। पुसको दोस्रो साताबाट परीक्षण थाल्ने योजना छ। परीक्षणका लागि कम्तिमा दुई महिना लाग्ने अनुमान छ। सुरुङमार्ग पानीले भर्न करिब १५ देखि २० दिन लाग्नेछ।
स्थायी हेडवर्क्स धमाधम निर्माण भइरहेको छ। सिडिई पन्तका अनुसार स्थायी हेडवर्क्समा कंक्रिटिङको काम अन्तिम चरणमा छ। यसमा मुख्य काम नै कंक्रिटिङ हो। ८० प्रतिशत हेडवर्क्स तयार भएको छ। अब हाइड्रोमेकानिकल काम बाँकी छ। जसमा गेट जडान र इन्स्ट्मेन्टेसेनको काम हुनेछ। साना ठूला गरेर १५ वटा गेट जडान गर्नुपर्नेछ। हाइड्रोमेकानिकलको काम गर्ने ठेक्का भारतीय कम्पनी प्रिसिसन इन्जिनियरिङले पाएको छ।
हेडवर्क्स र सुरुङमार्गका बीचमा बालुवा छान्न डिसेल्टिङ मसिन राख्ने काम बाँकी नै छ। जसले बालुवा छान्ने काम गर्छ। धेरै कामहरु सँगसँगै गर्नु पर्नेछ। ठेक्काहरु स-साना प्याकेजमा छन्। सँगै काम भए छिटो हुन्छ,ुपन्तले भने, अब आशावादी हुने आधारहरु तयार भएका छन्। मेलम्ची वैशाखबाट स्थायी पथान्तरण गर्न सकिन्छ।