आज धनतेरसको दिन सुनको मूल्य कति ?

काठमाडौँ –
आज शुक्रबार धनतेरसको दिन सुनको मूल्य बढेको छ । हिजो बिहिबारको तुलनामा, सुनको मूल्य आज तोलामा ५ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, “छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार २ सय पुगेको छ” । यस्तै गरि तेजाबी सुनको मूल्य ५ सयले बढेको छ सो मूल्य प्रति तोला रु ९४ हजार ७ सय कायम भएको छ।