तीन बच्चासहित ६ जना सवार रहेको बिमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा एउटा सानो बिमान दुर्घटना भएको छ । उक्त बिमानमा तीनजना बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ भने शनिबार भएको दुर्घटनामा बिमानमा सवार रहेका तीन जनाको मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

वेस्ट जोर्डान प्रहरी विभागले जनाए अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो । उक्त ठाउँमा सो बिमान खसेको एउटा घरकी महिला समेत घाइते भएको बताइएको  छ । ती घाइते महिलाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र तिनको अहिले उपचार चलिरहेको प्रहरीले जनाएको छ । अहिले उक्त घटनाको छानबिन अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *