धन्तेरस २०७७ : यी राशीले यस्तो सामान किन्दा चम्किन्छ भाग्य

मानिसको भाग्य कसको कति बेला चम्किने हो र फेरी अभागको कारणले गर्दा कति पछुताउनु पर्ने हो भन्ने अत्तो पत्तो हुदैन।
कुन समान किन्दा कस्तो भाग्य हुन्छ भन्नेमा पनि धेरै कुरा निर्भर हुन्छ। कर्मसँगै भाग्यमाथी विश्वास जरुर गर्नुपर्छ । यी दुबै सफलताका एक–एक हिस्सा हुन् । आज हामी भाग्य चम्काउने महत्वपूर्ण दिनलाई जोडेर विशेष जानकारी दिँदैछौ । यसवर्ष कार्तिक २९ गते अर्थात् १४ नोबेम्वरको दिन लक्ष्मी पुजा परेको छ। लक्ष्मीपुजा भन्दा पहिले नै धनतेरस अर्थात् धन त्रयोदशी मनाउने गरिन्छ। हिन्दुधर्मअनुसार हरेक वर्षको कार्तिक मासको कृष्ण पक्षको त्रयोदशीको धनतेरसलाई पर्वको रुपमा मनाइन्छ।
धनतेरस तिहारको सुरुहुनुभन्दा एक दिन पहिले आउने गर्छ यस दिन भगवान धनवंतरि धनको देवता कुबेरको पुजा गरिन्छ। धन्तेरसको समयमा सुन, चाँदी र भाडा किन्ने गरिन्छ। यस वर्ष कार्तिक २८ गते धनतेरस परेको छ। धनतेरसको दिन आफ्नो राशीअनुसार किन्नुहोस यी चिज जसले अबश्य तपाइको भाग्य चम्काउने छ :
- मेष राशी चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
सुनको सिक्का वा गहना, विद्युत या इलेट्रोनिक उपकरण मोबाइल, टिभी आदि किन्न सक्नुहुनेछ । रातो फल दान गर्नुहोस् । सुनको सिक्का वा गहना माता लक्ष्मीको नाममा खरिद गर्दा तपाईको भाग्य चम्किनेछ ।
- बृष राशी इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सुनको सिक्का, बेसार, शिक्षासम्बन्धि उपकरण जस्तै ल्यापटप या कम्प्युटर किन्न सक्नुहुनेछ।
- मिथुन राशी का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
खाद्य समान, मिक्स्चर वा भाडाकुडा किन्न सक्नुहुनेछ।
- कर्कट राशी हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
फ्रिज, चाँदीको भाडाकुडा, मोतीको हार या औठी, घर वा गाडी किन्दा अत्यन्तै शुभ हुनेछ।
- सिंह राशी मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
सुनबाट बनेको सामान खरीद गर्दा धन वृद्धि हुनेछ।
- कन्या राशी टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
नया मोबाइल, इन्टरनेट कनेक्शन, टिभी तथा संचार सम्बन्धि उपकरण, स्टिलको भाड आदि किन्नुहोस। क्रेडिट कार्ड या ऋण भने नकिन्नुहोस।
- तुला राशी र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
चाँदीको भाडा, परफ्युम, र घरजग्गामा लगानी गर्नुहोस। हरेक तर्फबाट धन प्राप्ति हुनेछ।
- बृश्चिक राशी तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
इलेट्रोनिक सामान किन्नुहोस्। रातो रंगको कलर राम्रो रहनेछ। तामाको भाडा, देकोरेशन सामान किन्नुहोस।
- धनु राशी ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
लक्ष्मीको मुर्ति किनेर पुजा स्थानमा राख्नुहोस।
- मकर राशी भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
सम्पतिबाट केहि प्राप्त हुनेछ यदी सवारी साधन, इलेक्ट्रोनिक सामान या घरमा चाहिने भाडाकिन्दै हुनुहुन्छ भने कालो रंगको किन्नुहोस।
- कुम्भ राशी गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
फलामको कराई, कुकर, सवारीसाधन, फ्रिज, टिभी आदि कालो, निलो या ग्रे कलरको किन्नुहोस।
- मीन राशी दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
तामाको भाडा किन्नुहोस।