तिहारमा नेपालभरिको मौसम यस्तो रहने

कार्तिक २७
काठमान्डौ
तिहारको बेला मौसम कस्तो होला भन्ने सबैको मनमा लाग्न सक्छ। जाडो भित्रिने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै प्रदेश न १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यसैगरि बिहीबार दिउँसो प्रदेश न १, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार राति प्रदेश न १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी, शुक्रबार दिउँसो प्रदेश न १, वागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।शुक्रबार राति, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने शनिबार दिउँसोको मौसमको अवस्था प्रदेश न १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राति कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली तथा गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूर र पश्चिम प्रदेशका एक दुइ स्थानमा फाटफुट/हल्का बर्षाको सम्भावना छ ।