कुखुराको आक्रमणबाट प्रहरीको ज्या* न गयो, यस्तो पनि अचम्म

कार्तिक २७
एजेन्सी

संसारमा बेला बेलामा अचम्मका कुरा हरु हुने गरेको छ। कहिले काही त दुखद कुराहरु पनि सुन्दा अचम्म लाग्ने गरेको पाइन्। यस्तै एउटा कुरा फिलिपिन्समा पनि भएको छ।फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमण* बाट मारिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको थियो ।

भालेलाई निय* न्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृ* त्त घोषित गरिएको थियो ।’ फिलिपिन्समा भाले जुधाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्तमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ । घट* नामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *