के हुन्छ होला त तिहार र छठ पर्वपछि उपत्यकामा कडा लकडाउन ?

काठमाडौं –

सौर्य दैनिक अनुसार, काठमाडौं उपत्यकाका मेयरहरूले सरकारलाई उपत्यकाभित्र कडा लकडाउन गर्न माग राखेका छन् । काठमाडौंमानै संक्रमण नियन्त्रणमा आउन नसकेकाले केही समय कडा लकडाउन गर्न माग गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सि सि एम सी)का  निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल सँग बुधबार काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो छलफल गरेको पनि बताइएको छ। छठ पर्व सकिए संगै कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी पाएका छौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *