कलंकीमा दुई वटा ट्रक ठोक्किँदा यस्तो भयो

कार्तिक २७

पछिल्लो अबस्थामा काठमान्डौमा लक डाउन सकिएता पनि जोर बिजोर प्रणाली लागु भएको छ। गाडीको चाप पहिले भन्दा निकै कम छ। यसै क्रममा काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको ज्या* न गएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठ* क्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको ज्या* न गएको हो । यसमा जना घा* इते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्या* न गएको हो ।

कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको मृ* त्यु भएको हो । सो दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ घाइ* ते भएका छन् । उनको उपचार जारी छ ।

दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *