तिहारमा ३ दिन बैंक नखुल्ने

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको कारण बैंक बन्द गर्ने निर्णय गरेको वाणिज्य  नेपाल बैंकर्स सङ्घले जनाएको छ । यसअन्तर्गत अब कात्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म बैंकका कुनै शाखा नखुल्ने सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *