प्रहरी प्रधान कार्यालयमा पनि पुग्यो कोरोना भाइरस, यति धेरै प्रहरी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोप नेपालमा पनि हरेक दिन बढी नै रहेको छ । नेपालमा अहिलेसम्म संक्रमितको कुल संख्या १८ हजार नाघिसकेको छ भने ४५ जनाको संक्रमणका कारण मृत्यु पनि भइसकेको छ । हरेक दिन सयौंको संख्यामा संक्रमित बढिरहे सँगै कोरोना भाइरसको असर अहिले नेपाल प्रहरी संगठनमा पनि बढ्दो रहेको छ ।

यसै बीचमा प्रहरी प्रधान कार्यालयमा कार्यरत रहेका चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत रहेका प्रहरी हरुलाई कोरोना संक्रमण भएको खुलासा भएको हो । उनीहरुलाई प्रहरी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको भएपनि थप पुष्टिका लागी भने टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले दिएको जानकारी अनुसार चार प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक ट्रेसिङबाट थप अन्य प्रहरी अधिकारीको स्वाब समेत संकलन गरिएको थियो भने त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *