मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस यसरी लगिने

काठमाडौ । मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनाका साथ मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन गरिने र हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउने बताइएको छ । यसरी १ वर्षमा कुल १ हजार उडान हुनेछन् भने सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

र्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ भने कम्पनीकी सीओओ गिन्नी शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ । स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराएर दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *