बेलायतमा कोरोनाको बढ्दो कहर, एकैदिन ५ सयभन्दा बढीको मृत्यु

काठमाण्डौ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बेलायतमा अनि यसको कहर निकै बढेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा मात्र कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । दोस्रो लहर सुरु भएसँगै एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पछिल्लो २४ घन्टामा थप ५ सय ३२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यसका साथै २४ घण्टाभित्र २० हजार ४१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १२ लाख ३३ हजार ७ सय ७५ पुगेको छ भने तीमध्य ४९ हजार ७ सय ७० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *