कञ्चनपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाण्डौ । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर बेलौरी नगरपालिका ९का ६२ वर्षीय पुरुष रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको मंगलबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कडा निमोनिया भएका कारण उनी यहि २१ गते जनरल आइसियुमा भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनलाई सोही दिन कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन् । उनको शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *