ट्वाइलेटको पानी हालेर मसालेदार झोल बनाएको देखेपछि तोडियो हजारौ पुग्ने पानीपूरी पसल

काठमाण्डौ । भारतको महाराष्ट्रको कोल्हापुर जिल्लामा पानीपूरी विक्रेताले मसलादार पानीमा शौचालयको पानी मिसाएको खुलेपछि सबैको होस उडेको छ । यस घटनाको एक भिडियो समेत सामाजिक सञ्जालमा पनि उपलब्ध छ जसमा पानीपूरीवालाले शौचालयको पानीले आफ्नो क्यान भरेको र पानीलाई पानीपूरीको मसलासँग मिसाएको देखिन्छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोल्हापुरको रंकला ताल नजिकै रहेको उक्त पानीपूरीको ठेलामा पानीपूरी खान आउँनेहरुको ठुलो भिडभाड हुने गर्थ्यो भने यसरी शौचालयको पानी थपेको घटना थाहा पाएपछि स्थानीय मानिसहरूले उक्त ठेलालाई त्यहाँबाट हटाएका छन् । साथै उक्त भिडियो सार्वजनिक भएपछि रिसाएको भीडले बेलुका घटनास्थलमा पुगी उनीमाथी हातपात गर्दै उनको ठेला पनि पल्टाइदिएको मिडिया रिपोर्टले जनाएको छ ।पानीपूरीवालाको भने हात धुनका लागी उक्त पानी राखेको बयान दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *