पहिरोमा बेपत्ता भएका दुईमध्ये एक जनाको शव यस्तो अवस्थामा फेला

काठमाण्डौ । निरन्तरको वर्षापछि आएको पहिरोमा बागलुङ नगरपालिका–१ निरयघाटमा पुरिएका दुई जना मानिस मध्यका एकजना  ट्याक्टर चालक रोशन भनिने धनबहादुर किसानको लाश फेला परेको छ । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए भने आज उनको शव उद्दार गरिएको हो ।

पोखरा–बागलुङ राजमार्गमा ढुंगामाटो उठाउँदै गरेको बेलामा सडक माथीबाट खसेको पहिरोमा एक जेसिवी, एक ट्रयाक्टर तथा एक ट्रिपर सहित दुईजना चालक पुरिएर बेपत्ता भएका थिए ।  उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको भने अझै पनि खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अझै पनि निरन्तर रुपमा सुख्खा पहिरो झरिरहेका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । केहि दिन यता निरन्तर भैरहेको वर्षाका कारण नेपालमा जन धनको ठुलो क्षती भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *