देशभर चिसो बढ्यो, उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम

काठमाडौं । केहि दिन यता देशभर चिसो बढ्दै गएको छ । काठमाण्डौ उपत्यकामा पनि अहिले जाडो बढ्दै गएको पाइएको छ भने बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तैगरी आज दिउँसो काठमाण्डौको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ । हिजो अर्थात् मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो । सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्दछ । हालको समयमा वर्षा हुने कुनै प्रणाली सक्रिय नरहेका कारण देशभरको मौसम सामान्यतया सफा रहि विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *