मुम्बईले जित्यो उपाधिसहित नगद २० करोड

काठमाडौं । युएईको दुबईमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल हिजो भएको छ । हिजो राती भएको फाइनलमा सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्ससँग पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स भिडेको थियो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्न सफल रह्यो । मुम्बईले ट्रफीसँगै २० करोड भारु नगद रकम हात पार्यो भने दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यस वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको भएपनि पछि सो निर्णय फेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *