सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गरिने

काठमाडौं । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अन्यले भने आफ्नै खर्चमा गर्नुपर्ने जनाएको हो ।

यहि असोज १५ गते सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो भने फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई उक्त निर्णय उच्याउनको लागि दबाब परेको थियो । अब हरेक सरकारी अस्पतालमा कोरोना परिक्षण तथा उपचार निःशुल्क हुनेछ भने निजी अस्पतालको बारेमा भने केहि बोलिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *