१ करोड आप्रवासीलाई अमेरिकी नागरिकता दिने बाईडेनको तयारी

काठमाण्डौ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाईडेनले निर्वाचन अगाडी नै गरेको प्रतिबद्दता अनुसार आफ्नो कार्यकालमा १ करोड १० लाख आप्रवासीलाई अमेरकी नागरिकता दिने भएका छन् । बाईडेनले कागजात बिना बसेका आप्रवासीलाई प्रक्रिया पुर्याएर नागरिकता दिने भएका हुन् ।

संसदबाट पारित भएपछि यसलाई कार्यन्वयन गर्ने बताईएको छ । कुन देशको कति आप्रवासीलाई नागरिकता दिने भनेर उल्लेख नगरिएको भएपनि यस योजना अन्तर्गत बाईडेन प्रशासनले ५ लाख बढी भारतीय आप्रवासीलाई नागरिकता दिने तयारी भएको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । यति मात्र नभई बाईडेनले आप्रवासीबारे डोनाल्ड ट्रंपले गरेका कतिपय निर्णयहरु समेत उल्ट्याउने भएका छन् ।

हरेक वर्ष १ लाख २५ हजारसम्म शरणार्थीलाई अमेरिका प्रवेश दिने तथा विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्ध पनि  फुकाउने भएका छन् । यसका साथै बाईडेनले रोजगारीको लागि अमेरिका आउनेहरुको भिषा बृद्दी गर्नुको साथै त्यसलाई सहज बनाउने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *